महिला हिंसा अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन– सांसद

काठमाडौँ, १२ भदौ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न भएका ऐन÷कानून कार्यान्वयनसँगै कडा भन्दा कडा कानून निर्माण गर्नुपर्नेमा सांसदहरूले जोड लिएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा यहाँ आज आयोजित ‘नेपाली महिलाको संवैधानिक र कानूनी हकअधिकार’ सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सासंद रिता रावलले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कारका घटना बढ्दै गरिरहेको सन्दर्भमा सम्बन्धित निकायले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो । सांसद उर्मिलादेवी शाहले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुका साथै राज्यले महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका अवसर प्रदान गर्नुपर्छ भन्नुभयो । नेपालको संविधान धारा ८४ (प्रतिनिधि सभाको गठन) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला सदस्यलाई पनि समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव लीलादेवी गड्तौलाले महिला हिंसा अन्त्य गर्न भएका ऐन÷कानूनको प्रधावकारी कार्यान्वयनसँगै सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । आयोगका काव अध्यक्ष भगवती घिमिरेले नयाँ संविधानमा व्यवस्था गरिएको महिलाको अधिकार प्राप्तिका लागि एकीकृत रूपमा सकारात्मक दबाब दिनुपर्ने बताउनुभयो ।

रसुवामा विकास प्रेमी आचार्यलाई टिकट दिएसँगै थपियो काँग्रेसको जनलहर

रसुवा कार्तिक ७, आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस रसुवाले विकासप्रेमी बौद्धिक व्यक्तित्व ईन्जिनियर मोहन ...