मिडिया कप फुटसलको ‘ड्र’ सार्वजनिक

काठमाडौं, भदौ १५,स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा हुने सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया फुटसल कपको ड्र सार्वजनिक भएको छ ।
आउँने आइतबार र सोमबार आयोजक गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैंसेपाटीमा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने छ ।
बिहीबार रिपोटर्स क्लब नेपालमा गरिएको ‘ड्र’ मा समूह ‘ए’ मा इमेज टेलिभिजन, सिआइएन, फोटो पत्रकार समूह (पिजे क्लब), नेपाल मण्डल र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) रहेका छन् । यसैगरी समूह ‘बि’ मा नेपाल टेलिभिजन, उज्यालो रेडियो नेटवर्क, माउन्टेन टेलिभिजन, नेपाल वान टेलिभिजन र बिबिसी नेपाली रहेका छन् ।
समूह चरणको खेल लिग आधारमा हुने र समूहका उत्कृष्ट दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ । उद्घाटन खेल पूर्व विजेता इमेज टेलिभिजन र पिजे क्लबबिच हुनेछ ।
खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कप आयोजना गर्न लागिएको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरले जानकारी दिएको छ । प्रतियोगिताको सहआयोजकको रुपमा उज्यालो रेडियो नेटवर्क रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ । द्धितिय हुने टिमलाई २५ हजार रुपैयाँसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ । त्यस्तै, फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने छ ।

सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

भदौ ९, स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले चिकित्सक तथा ...