बन्द पासाङल्हामु राजमार्ग खुलाउने प्रयास शुरु

रसुवा, १६ भदौ । वर्षाका कारण गएराति पहिरो जाँदा अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुलाउने प्रयास शुरु भएको छ । प्रजिअ हिरादेवी पौडेलका अनुसार कालिका गाउँपालिका–१ मूलखर्कमा बन्द भएको राजमार्ग यथासक्य छिटो खुलाउन डोजर परिचालन गरिसकेको छ ।

राजमार्ग आज दिनभरिमा खुलाउने लक्ष्य लिइएकाले गन्तव्यसम्म पुग्ने कुनै पनि सवारीसाधन हल्लाको भरमा नरोक्न सबै यातायात व्यवसायीलाई आग्रह गरिएको रसुवा हेर्ने डिभिजन सडक कार्यलय, नुवाकोटले जानकारी दिएको छ । रासस

प्रचण्डले भने – वडा नं १९ को घटना इतिहासकै दुर्भाग्यपूर्ण

चितवन, कात्तिक २७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा नं १९ ...