फूलपातीमा ‘छक्का पन्जा २’ र ‘मंगलम’

यसअघि सोलो रिलिज भनिएको चलचित्र ‘छक्का पन्जा २’ सँग चलचित्र ‘मंगलम’ले प्रतिस्पर्धा गर्ने भएको छ । चलचित्र घोषणा भएकै दिन दीपक–दीपाले चलचित्रको प्रदर्शन मिती असोज ११ गतेलाई भनि टुङ्गो लगाईसकेका थिए । ‘छक्का पन्जा २’ सँग प्रतिस्पर्धा गर्न आउन लागेको चलचित्र ‘मंगलम’ लाई छबिराज ओझाले निर्माण गरेका हुन् । प्रदर्शनको एक महिना पनि समय पनि बाँकी नराखी छविले चलचित्रको प्रदर्शन मिती असोज ११ टुङ्गो लगाएका छन् ।

पहिलो पटक निमात्रीको रुपमा आफ्नो पहिचान बनाउन लागि परेकी नायिका शिल्पा पोखरेलको चलचित्र ‘मंगलम’ अहिलेको परिपेक्ष्यमा नेपालको सुपरस्टार ब्राण्ड ‘छक्का पन्जा २’ सँग प्रतिस्पर्धा गर्न लाग्दा बिभिन्न किसिमका अड्कलबाजीहरु काट्न थालिएको छ । चलचित्र ‘छक्का पन्जा २’ले प्रदर्शनको ३ महिना अगाडी देखी आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएको छ भने ‘मंगलम’को अहिलेसम्म फस्ट लुक समेत सार्वजनिक भएको छैन ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा २’ दीपक राज गिरी, वर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धि तामांग लगायतका कलाकारहरुको अभिनय रहेको छ भने । बाघ निर्माताको रुपमा आफ्नो छवि नबाएका छविराज ओझाले निर्माण गरेको चलचित्र मङ्गलममा शिल्पा पोखरेल, पृश्वीराज प्रसाईं र पुष्पल खड्काको लगायतका कलाकारहरु मुख्य भुमिकामा देखिदैँ छन् ।

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त

सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले अनियमितता गरको र विभागीय मन्त्रीलाई अटेर गरेको भेटिएपछि ...