नेपाली युवा टोलि मलेसिया प्रस्थान

नुवाकोट भदौ २३, आगामी नोभेम्बरमा हुने एसीसी यू १९ एसिया कपको छनौट खेल अन्तर्गत यू १९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।
आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् ।नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू(१९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
एक महिना अघिदेखि तयारी थालेको नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि सन्दिप लामिछाने कप्तान थिए । मुख्य प्रशिक्षक बिनोद दास र सहायक प्रशिक्षक कलाम अली छन् । नेपाली टोलीको ब्याटिङ प्रदर्शन सुधारका लागि भारतीय प्रशिक्षक मोन्टी देसाईले १० दिन बिशेष प्रशिक्षण दिएका थिए । उनी पनि आजै भारत फर्केका छन् ।

नुवाकोट मिनि महोत्सव शुरु

२१ माघ-‘भुकम्पको पिडा विर्सौ, सम्वृद्ध नुवाकोट निर्माणमा जुटौ’ मूल नाराको साथ नुवाकोट मिनि महोत्सव आजबाट शुरु भएको छ ।९ दिनसम्म सञ्चालन हुने महोत्सवको एक भव्य ...