नेपाल हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं भदौ २५, नेपाल हाइड्रो डेभलपरको आइपीओ शुक्रबार अर्थात भदौ ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले नेपाल हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयार भएको जानकारी दिनुभयो ।
आइपीओ निष्कासन गरेको एक महिनाभित्र बाँडफाँट गर्नुपर्ने नियम भएकोले शुुक्रबार भन्दा पछाडी गर्न नमिल्ने भएकोले त्यो दिन नै बाँडफाँट हुने घिमिरेले बताउनुभयो । त्यस्तै, एनएमबी क्यापिटलकै प्रमुख सञ्चालन अधिकृत कमल नेपालले पनि नेपाल हाइड्रोको आइपीओ शुक्रबार नै बाँडफाँट हुने बताउनुभयो । तर कुन ठाँउमा कति बजे बाँडफाँट हुने भन्ने निश्चित नभएको नेपालले जानकारी दिनुभयो ।
कम्पनीले साउन २७ गतेदेखि ३२ गतेसम्म कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख ६२ हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । आइपीओमा १ लाख ७३ हजार ९८३ जनाले १ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका थिए ।

यसआधारमा, सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६२ हजार ७०० कित्ता सेयर न्यूनतम १० कित्ताको दरले बाँडफाँड गर्दा ३६ हजार २७० जना आवेदकले मात्र सेयर पाउनेछन् । धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक धेरै भएर सबैलाई १० कित्ता बाँडफाँट गर्न नपुग्ने अवस्थामा मात्र गोलाप्रथाबाट सेयर बाँडफाँट गर्न सकिने नियम छ । यसरी, गोलाप्रथाबाट बाँडफाँट गर्दा नेपाल हाइड्रोमा कुल आवेदक मध्ये २०.८४५ ले मात्र सेयर पाउने भएका छन् ।

समूह विजेता हुदै व्लु स्काई क्वार्टरफाइनलमा

देवचन्द्र भट्ट १० बैशाख, नुवाकोट । नुवाकोटको वट्टारमा जारी नवौं जिल्लास्तरिय एन्फा लिग फुटवल प्रतियोगिताको आइतवारको तीन छुट्टाछुट्टै खेलमा थ्रिडि युवा क्लव, व्लुस्काई व्लुमिङ र ...