मौन अवधिको पूर्वसन्ध्यामा दलहरुले जनकपुरमा गरे शक्ति प्रदर्शन
मौन अवधिको पूर्वसन्ध्यामा दलहरुले जनकपुरमा शक्ति प्रदर्शन गरेका छन् । मौन अवधि शुक्रबार राति १२ बजे पश्चात लागु हुने भएपछि प्रचारप्रसार गर्न नपाउने भएकाले दलका उम्मेदवारहरुले शक्ति प्रदर्शन गरेरै मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । शुक्रबार नेकपा एमाले, राजपा नेपाल, संघीय समाजवादी फोरमले जनकपुरको विभिन्न नगरपालिका तथा गाउँपालिकामा प्रचारप्रसारसँगै ¥याली गरेका छन् । त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दल र स्वतन्त्र उम्मेदवाहरु घरदैलोकै क्रममा शक्ति प्रदर्शन गरिसकेका छन् । दलको ¥यालीहरुमा केन्द्रीय नेताहरुको समेत सहभागिता देखिएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed