‘म यस्तो गीत गाउँछु’ ले पुरा गर्यो ५१ दिन

सुदर्शन थापा र पूजा शर्माको सहकार्यमा निर्माण भएको यस वर्षको पहिलो सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ हालसम्म काठमाण्डौका केही हलमा चलिरहेको छ । बालाजुको अष्टनारायण हलमा ५१ दिन पुरा गरेको यो फिल्म चावाहिलको गोपिकृष्ण र ग्वार्कोको गुणमा ६४ दिनसम्म प्रदर्शन भैरहेको छ ।

नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको यो फिल्मले बम्पर व्यापार गरेर हलमा ५१ दिन पुरा गर्दा पनि यसको कुनै सेलिव्रेसन कार्यक्रम भने गरिएन । किन त ? निर्देशक तथा निर्माता थापाले पचहत्तर या एक सय दिनमा भव्य रुपमा कार्यक्रम गरेर खुसीयाली साट्ने बताएका छन् । पहिलो फिल्म सफल भएपछि पल, पुजा र कलाकार सलोन बस्नेतलाई लिएर सुदर्शनले दोश्रो फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्माणको घोषणा गरेका छन् ।

काठमाडौंको मेयरमा किशोर र रञ्जुको उम्मेदवारी

१९ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहल पहल बढेकोे छ । विवेकशील पार्टीकी रञ्जु दर्शना ...