आफ्नै कीर्तिमान तोड्दै प्रधानमन्त्री देउवा, मन्त्री परिषदको संख्या ५६ पुग्यो

प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । राप्रपा प्रजातान्त्रिकका सांसद विराज बिष्टलाई विज्ञान प्रविधि तथा कमलादेवी शर्मालाई वन राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

दुबै जनाले सोमबारै पद तथा गोपनियताको सपथ लिनुभएको छ । दुई जना राज्य मन्त्री थपेसँगै देउवा नेतृत्वको मन्त्री परिषद ५६ सदस्यीय बनेको छ । यसअघि नै ठूलो मन्त्रीपरिषद बनाएको भन्दै सर्वत्र आलोचना भए पनि देउवाले मन्त्रीपरिषद अझै बिस्तार गर्ने बताउनुभएको थियो ।

राप्रपाका अध्यक्ष कमल थापासँग विद्रोह गर्दै पशुपति शम्शेर राणाको क्याम्पमा पुगेका सांसद विष्ट र शर्माले राज्य मन्त्री नियुक्त गर्न राणालाई दवाव दिँदै आएका थिए । राप्रपा प्रजातान्त्रिकबाट यसअघि नै तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा छन् ।

पोष्टबहादुर बोगटीलाई यसरी सम्झियो माओवादीले

३० भदौ, नुवाकोट । दुई वर्षअघि निधन भएका पुर्वमन्त्री एवं तत्कालिन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृतिमा आज नुवाकोटमा पनि एक कार्यक्रम गरिएको छ ...