३० स्थानीय तहसहित ६१० वडाको मत परिणाम सार्वजनिक

तेस्रो चरणको असोज २ गते चुनाव सम्पन्न भएको प्रदेश नं २ को आठ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म ३० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसीबाट प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार १० स्थानीय तहमा, नेकपा एमालेका ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका ५ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टी नेपालका ५ स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका ३ स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार दुई र नेपाल संघीय समाजवादी पार्टी १ स्थानीय तहमा विजयी भएका छन् ।

यसैगरी अहिलेसम्म ६१० वटा वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मतगणना बाँकी रहेका १११ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।

त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका वडा नं १५ मा बिहीबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ । –रासस

उत्तरगया गाउँपालिकाको गाउँ सभा सम्पन्न

उत्तरगया गाउँपालिकाको गाउँ सभा सम्पन्न । उत्तरगया गाउँपालिकाको गाउँ सभा गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले उदघाटन गरि गाउँपालिका को निति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नुभएको ...