असोज ११ मा रिलिज हुने फिल्मको आयो फष्टलुक ! ट्रेलरको पत्तो छैन्

‘छक्कापञ्जा २’ सँगै रिलिज हुन थालेको चलचित्र मेरो पैसा खोईको फष्टलुक सार्वजनिक भएको छ । फिल्ममा सौगात मल्ल र नायिका वर्षा रावतको मुख्य भुमिका छ । अचम्म लाग्ने कुरा त के छ भन्दा ! हालसम्म फिल्मको ट्रेलर पनि सार्वजनिक नगरिएको फिल्म असोज ११ मा रिलिज हुँदैछ । अब फिल्म रिलिज हुन केहि दिन मात्रै बाँकी रहेको बेला फिल्मको फष्ट लुक सार्वजनिक गरिएको छ । चलचित्र निर्माता तथा निर्देशक रोज राणाले सामाजिक संजाल फेसबुक मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् ।

फष्टलुकमा चलचित्रका मुख्यकलाकारहरु सौगात मल्ल, वर्षा रावत,वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायत फिचरिंग भएका छन्। चलचित्र ११ असोजबाट प्रदर्शनमा आउने भएको छ। पछिल्लो समय अन्तिम अवस्थामा चर्चित फिल्मसँग नाम जुधाएर पब्लिसिटि गर्ने चलन बढेको छ । यसअघि पनि ‘छक्कापञ्जा २’ सँग ‘मंगलम’ फिल्म रिलिज हुने भन्दै प्रचारप्रसार गरिएको थियो । तर अन्तमा निर्माता छविराज ओझाले रिलिज डेट फागुनमा सार्न बाध्य भएका थिए । ‘मेरो पैसा खोई’ले पनि केवल सस्तो प्रचारको लागि यो उपाय अपनाएको हो की भन्नु अनुमान गर्न सकिन्छ ।

निर्देशक भन्छन्, ‘‘हिमालय रोडिज’ नेपालको पहिलो फ्रेन्चाईज रियालिटी शो हो जसले….’

नेपाली टेलिभिजनहरुमा अहिले दुईओटा अन्तराष्ट्रिय फ्रेन्चाईज रियालिटी शो हरु सञ्चालनमा आईरहेका छन्, पहिलो ‘नेपाल आईडल’ दोश्रो ‘हिमालय रोडिज’ । यी दुई कार्यक्रमको क्रेज नेपालमा मात्र ...