कात्यायनी देवीको पूजाआराधना गरिंदै

रसुवा असोज १०, आज बडा दशैंको छैठौैें दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा आज माता कात्यायनी देवीको पूजाआराधना गरिंदैछ ।

नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको पूजाआजा गरिन्छ ।

माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।

माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति रहेको छ ।

सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय:नेत्री कोइराला

विराटनगर कात्तिक २७, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस नेतृत्वले पार्टीका सबै कार्यकर्तालाई मिलाएर लगेमा निर्वाचनमा विजय हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग ...