मादकपदार्थ सेवन गरी होहल्ला गर्ने पक्राउपछि रिहा

रसुवा असोज १८, चार दिनयता मादकपदार्थ सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई रसुवा प्रहरीले पक्राउ गरी सचेत गराएको छ ।
जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार कालिकास्थानबाट ११ जना र धुन्चेबाट तीनजनालाई मादकपदार्थ सेवन गरेबापत् पक्राउ गरी दशैँको चाडपर्व भएकाले पहिलो पटकलाई सचेत गर्दै रिहा गरिएको छ ।
यस्तै, सार्वजनिक अपराधअन्तर्गत दुईजनालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको बताउँदै प्रहरी प्रमुख थापा क्षेत्रीले जिल्लाको शान्ति सुरक्षा स्थिर रहेको जानकारी दिनुभयो । गाउँ समाजमा सुरक्षाका लागि टोलटोलमा प्रहरी गस्ती बढाइएको पनि बताइएको छ ।

नेपाल टेलिकमले ‘ह्याप्पी सोसल मिडिया प्याक’ र ‘विद्यार्थी अफर’ ल्यायो

 नेपाल टेलिकमले मातातीर्थ औंसी र एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी सोमबारदेखि नयाँ प्याकेज लागू गरेको छ ।  टेलिकमले उपभोक्ताको सुविधाको लागि ‘ह्याप्पी सोसल मिडिया प्याक’ ...