कांग्रेस रसुवाद्धारा प्रतिनिधिसभा निर्वाचनमा मोहन आचार्यको नाम शिफारिस

0

रसुवा असोज १८, नेपाली कांग्रेस रसुवाले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ सर्वसम्मत रूपमा ईन्जिनियर मोहन आचार्यको नाम शिफारिस गरिएको छ । त्यसै गरि समानुपातिकतर्फ लामा कार्पू तामाड लाई शिफारिस गरिएको नेपाली कांग्रेस रसुवाले जनाएको छ । फिलिपिन्सबाट सिभिल ईन्जिनियरिड पास गरेका आर्चाय जिल्लाको राजनीतिक पारिवारिक पृष्ठभूमी भएका एक सफल व्यवसायी समेत हुन् ।
प्रदेशतर्फ रसुवा जिल्लाको प्रदेश नंम्बर १ मा प्रत्यक्षतर्फ प्रभात लामा र समानुपातिकतर्फ ठाकुर देवकोटाको नाम शिफारिस गरिएको छ । प्रदेश नंम्बर २ मा प्रत्यक्ष तर्फ जनकजिवन उपाघ्याय , लेखनाथ अघिकारी र बालचन्द्र पौडेलको नाम शिफारिस गरिएको छ भने समानुपातिकतर्फ देवकी रैला र तिष्णराज न्यौपानेलाई चयन गरिएको छ । नेपाली कांग्रेस रसुवाजिल्लाको सबै ईकाई समितिहरूको सिफÞारिशका आधारमा जिल्ला कार्यसमितिको बैठकले सर्बसंम्वत रूपमा निर्णय गरेको नेपाली कांग्रेस रसुवाले बताएको छ ।

No comments

रसुवाको माझगाउँमा एकै घरमा १२ वटा मोबाइल चोरी,अनुसन्धान भइरहेको प्रहरीको भनाई

रसुवा भदौ, १८, रसुवाको माझगाउँमा गएराति एकै घरमा १२ वटा मोबाइल चोरी भएको छ । मोवाइल राति करिव २ बजेदेखि ४ बजेको बिचमा चोरी भएको ...