दशैंपछिको दोस्रो दिननै नेप्से करिब १४ अंकले ओर्लियो

0

रसुवा असोज १८, दशैंपछि खुलेको बजार मंगलवार बढेको भएपनि बुधवार दोहोरो अंकले घटेको छ । मंगलवार करिब ७ अंक जोडेको नेप्सेले त्यसको दोब्बरले ह्रास भएर नेप्से १५४२ मा आइपुगेको छ । नेप्सेले १३.७० अंक जोडेको हो ।
दशैंको माहोल कायमै रहेकोले बजारमा लगानीकर्ताहरको फिर्ती भइसकेको देखिदैन् । कारोबार रकम २७ हजारमा सिमित हुनुले यही कुरालाई देखाउँछ ।

यसदिन बजार बढाउने कसरत पनि केही हदसम्म भएको देखिनथ्यो । कारोबारको मध्य अवधिमा सबै समूहको परिसूचक घटिरहदा नेपाल टेलिकमको सेयर मूल्यमा केही चलाखी गर्ने प्रयास पनि भएका थिए । हुनतः बजार बन्द हुँदा पनि नेपाल टेलिकमको सेयर मूल्य बढेको छ भने होटेल समूह र उत्पादन मुलक समूहको परिसूचक बढेको छ । बोटलर्स नेपाल तराईको सेयर मूल्य बढेपछि उत्पादन मुलक समूहको परिसूचक बढेको हो ।

मूल्य बढ्नेमा धेरैजसो कम्पनीहरु कम मूल्यका कम्पनीहरु रहेका छन् । मूल्य धेरैले बढ्ने प्रमुख पाँचको मूल्य २ सय रुपैयाँभन्दा पनि तल रहेको छ । २० प्रतिशत लाभांश घोषणा गरेको नेरुडे लघुवित्त कम्पनीको सेयर मूल्य भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीको सेयर एकै दिन ८५ रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा अन्तिम कारोबार भयो ।

No comments