गौचन हत्याको जिम्मा मनोज पुन समूहले लियो, काठमाडौंबाट तीन जना पेस्तोलसहित पक्राउ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ । काठमाडौंका एक प्रहरी अधिकृतलाई अननोन नम्बरबाट फोन गर्दै घटना मनोज पुन समूहले घटाएको र आफू त्यस समूहको सदस्य भएको दाबी गरेका थिए । मनोज पुन समूहले गएको वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या गरेको थियो । पुन भारतमा बस्दै नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।

यसैबिच प्रहरीले संलग्न भएको आरोपमा तीन जनालाई पेस्तोल र तीन राउण्ड गोलीसहित पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी एसएस्पी प्रमुख रविन्द्र धानुकले मिनभवनमा हत्यारा नपक्रिएसम्म शव नबुझने भन्दै आन्दोलन गरेका निर्माण व्यवसायीसँग तीन जना पक्रिसकेको दाबी गर्नुभएको हो । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका दिलिप लामा, छिरिङ तामाङ, सञ्जय तामाङ छन् । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको पुष्टि भइसकेको छैन ।

६ सिटको लागि नुवाकोटमा चार पुर्वमन्त्रिसहित ५७ जनाको उम्मेद्धवारी

नुवाकोट कार्तिक ६, प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि नुवाकोटमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् । ...