लोहनी नुवाकोटको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधि सभा चुनावका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिश हुनुभएको छ ।

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिश सूचिमा लोहनीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवारमा सिफारिश गरेको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिनुभयो । नुवाकोट थानसिंहका लोहनीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिश गरिए पनि उहाँले अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिनुहुने छ ।

यसैबिच प्रतिनिधि सभा सदस्य चुनावका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ गोकर्णराज सिटौला, बिमल थापा, लक्ष्मी पण्डित, पुरेन्द्रप्रसाद ढकाल र होमकुमारी ओझालाई पनि सिफारिस गरिएको छ । समानुपातिकतर्फ भरतजङ्ग उप्रेती, पोषनाथ ढुङ्गाना, शेरबहादुर खत्री र सरिता लामा रहेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ श्यामकुमार केसी, झनक प्याकुरेल, राज्यलक्ष्मी श्रेष्ठ र कुलबहादुर खङ्गीलाई उम्मेदवार प्रस्ताव गरिएको भने समानुपातिकतर्फ कृष्णबहादुर प्याकुरेल सीताराम सापकोटा, राधिका विश्वकर्मा र सीताराम कुमाललाई प्रस्ताव गरी नामावली केन्द्रमा बुझाइएको सचिव पाण्डेले जानकारी दिनुभयो ।

दलले जिल्लामा रहेका चारवटै प्रदेशको प्रत्यक्ष र सामानुपातिक तर्फको उम्मेदवार पनि सर्वसम्मत प्रस्ताव गरी नामावली केन्द्रमा बुझाएको जनाएको छ । रासस

मध्यपहाडी लोकमार्गः ६४ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य, ६ महिनामा ६ किलोमिटर मात्रै कालोपत्रे

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा चालु आर्थिक वर्षभित्र ६४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ६ महिनाको अवधिमा ६ किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ। उक्त ...