सेन्सर पास भयो ‘रुद्रप्रिया’, पायो यस्तो सर्टिफिकेट

0

रेखा थापा र आर्यन सिग्देलले ८ बर्षपछिको कमब्याकको रुपमा आएको चलत्रिच ‘रुद्रप्रिया’ सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । द्धन्दको सिनको कारणले चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो ।१ घण्टा ५५ मिनेट लामो यो सिनेमा हेर्नको लागि १६ बर्षभन्दा मुनिका बालबालिकाहरुले आफ्नो अभिभावकको साथमा लिएर जानुपर्नेछ ।

सुदीप बबी भुपाल सिंहको निर्देशनमा बनेको चलचित्र कार्तिक २ गते लक्ष्मी पुजाको दिन डिटिएच र हलमा एकैसाथ प्रदर्शन हुने भएको छ । चलचित्रलाई रमेश एमके पौडेल र रेखाकी आमा सरस्वती थापाले निर्माण गर्दैछन् । चलचित्रको ‘चिरबिर चिरबिर चाँचरी’ बोलको गीत चर्चामा छ ।

No comments

१७ नवबिवाहित जोडि सम्मानित

७ चैत, रसुवा । रसुवामा सञ्चालन भैरहेको  एचसीथ्री परियोजनाले रसुवाका १७ नवबिवाहित जोडीलाई सम्मान गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय रसुवाका प्रमुख डाक्टर बिबेक कुमार ...