विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आइतबार १० विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४, राष्ट्रिय महिला आयोग विधेयक, २०७४, मुस्लिम आयोग विधेयक, २०७४, कर्मचारी समायोजन विधेयक, २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ पनि प्रमाणीकरण गर्नुभएको छ । – रासस

सभामुख र प्रधानमन्त्रीवीच भेटवार्ता, सहमति खोज्न प्रचण्ड सक्रिय हुने

२० पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीले बुधबार बिहानै बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । बिहान साढे ७ बजेतिरै प्रधानमन्त्री निवास बालुवाटार पुगेकी सभामुखले ...