आज यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै

रसुवा कार्तिक १, आज यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गरेर मनाइँदै आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

४ दिन निजी सवारीलाई तेल

४ मंसिर- नेपाल आयल निगमले एकसाता भित्र काठमाडौंका निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ । चीनबाट ल्याएको अनुदानको पेट्रोलका कारण थानकोट डिपोमा मौज्दात ...