आफैँले फिल्म बनाउँदै केकी, यस्तो छ फिल्मको नाम

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाउने भएकी छिन् । प्रि–प्रोडक्सन र वर्कसपको चलिरहेको फिल्मलाई म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने भएका छन् । कात्तिकको दोश्रो साताबाट फ्लोरमा जान लागेको चलचित्रमा केकी अधिकारी प्रस्तुतकर्ताको रुपमा रहने छिन् । केकीले यसअघि चलचित्र ‘लभ साशा’ मा कार्यकारी निर्मात्री रहेर काम गरिसकेकी छिन् ।

डार्क कमेडी जनराको ‘कोहलपुर एक्सप्रेस’मा केकी अधिकारी नै मुख्य भुमिकामा देखिने छिन् । चलचित्रका अरु कलाकारहरु अहिले पक्का भईनसकेको चलचित्र निर्माण टीमले जनाएको छ । चलचित्र निर्माणको लागि केकीलाई अरु निर्माताहरुले पनि सहकार्य गर्नेछन् । चलचित्रमा अहिले हटकेकका रुपमा रहेको तीन संगीतकार अर्जुन पोखरेल, कालिपसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत रहनेछ भने शान बस्न्यातको पटकथा तथा संवाद रहनेछ ।

पशुपतिमा ‘मोदीको क्षमापूजा’

२१ असोज- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुप धारण गरेर पशुपति मन्दिरमा हास्य कलाकार मनोज गजुरेलले एकाबिहानै जात्रा देखाए । नेपाललाई नाकाबन्दी गरेर पाप गरेको भन्दै ...