ठूला दलमा महिला अत्यन्तै न्युन १११ सिटमा जम्मा ९ महिला मात्रै

रसुवा कात्तिक ६, अगामि मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी दर्ता हुँदा वाम र कांग्रेस गठबन्धनबाट जम्मा ९ जना महिलाले मात्र टिकट पाएका छन् ।
नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको अवस्थामा प्रत्यक्षतर्फ महिलाले टिकट नपाएपछि समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दलहरुलाई आउनेछ । आइतबार भएको उम्मेदवारी दर्ताको आधिकारिक विवरण अनुसार प्रतिनिधिसभामा जम्मा तीनजना महिला उम्मेदवार बनेका छन् भने प्रदेशमा ६ महिला नेतृ भिड्दैछन् । यो तथ्यांक वाम र कांग्रेस गठबन्धनका उम्मेदवारको मात्र हो । मुख्य प्रतिस्पर्धा यहि दुई गठबन्धनबीच हुने निश्चित छ ।

प्रतिनिधिसभामा कांग्रेसबाट दुई महिलाले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा कांग्रेस नेतृ शरस्वती बजिमय र बागलुङ क्षेत्र नं. १ मा पूर्वसांसद चम्पादेवी खड्का उम्मेदवार बनेकी छन् । त्यस्तै वाम गठबन्धनबाट माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छिन् ।प्रदेशसभातर्फ वाम गठबन्धनबाट ५ महिला भिड्दै गर्दा कांग्रेसले एक जना मात्र अघि सारेको छ । वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी ख बाट उम्मेदवार बनाएको छ । त्यस्तै मनाङ ख बाट खण्डा लामा गुरुङ एमालेको उम्मेदवार छिन् ।

माओवादीबाट नुवाकोट १ क मा राधिका तामाङ, गोरखा २ ख मा कमला नहर्की र बझाङ ख बाट देवकी मल्ल उम्मेदवार छिन् । कांग्रेसले लिलादेवी बोखिमलाई ताप्लेजुङ क बाट उम्मेदवार बनाएको छ । प्रत्यक्षतर्फ पहिलो चरणमा महिला सहभागिता अत्यन्त न्युन भए पनि दोस्रो चरणमा धेरै निर्वाचन क्षेत्र रहेका शहरी क्षेत्रमा महिला उम्मेदवारको संख्या बढ्ने एमाले नेतृ श्रीमाया थकालीले बताइन् ।

राप्रपा केन्द्रीय समितिको बैठक हेटौंडामा सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)केन्द्रीय समितिको बैठक बिहीबार हेटौंडामा सुरु भएको छ । भदौ ४ गतेसम्म सन्चालन हुने सो बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन, प्रदेश ...