वागी उम्मेदवारी फिर्ता गराउन वाम गठबन्धनमा दौडधुप

काठमाडौं, कात्तिक ६ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार उम्मेदवारी मनोनयन भएसँगै ठूला राजनीतिक दललाई वागी उम्मेदवारीले टाउको दुखाएको छ । विशेष गरी वाम गठबन्धनमा दुई ठूला दलबिच ६० र ४० प्रतिशतको भागवण्डा मिलाउँदा असन्तुष्ट पक्षले वागी उम्मेदवारी दिएको छ । वागी उम्मेदवारी परेसँगै दलहरुले त्यसलाई फिर्ता गराउन पनि गठबन्धनभित्र दौडधुप सुरु भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गराउन चाहनेका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिएकाले त्यसअघि नै विद्रोही उम्मेदवारलाई चित्त बुझाउनु पर्ने बाध्यता वाम गठबन्धनलाई परेको छ । कुन क्षेत्र कुन पार्टीले लिने भन्ने विषयमा दुई हप्ताभन्दा धेरै समय आपसी र बहुपक्षीय छलफल गरेर बल्ल उम्मेदवार टुंग्याएका वामपन्थी दललाई वागी उम्मेदवारीले बढी तनाव दिएको हो ।
एमाले माओवादी जस्ता देशैभर एउटै क्षेत्रमा धेरै प्रत्यासी भएका दल ६० र ४० प्रतिशतमा खुम्चिदा कार्यकर्तामा व्यापक असन्तुष्टि बढेको हो । यसअघिका चुनावमा पार्टीभित्र राम्रो व्यवस्थापन गर्ने भनेर पहिचान बनाएको एमालेबाटै योपटक बढी विद्रोही उम्मेदवार खडा भएका छन् । वामगठबन्धनको अर्को घटक माओवादी केन्द्रबाट पनि वागी उम्मेद्वारका कारण समस्यामा परेको छ ।

एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाई प्रदेशसभाका लागि दोलखा ‘ख’ बाट उम्मेदवार बनेसँगै एमालेकै जिल्लाका प्रभावशाली नेता लालकुमार केसीले उहाँ विरुद्ध उम्मेदवारी दिनुभएको छ । यसअघि पटक पटक सांसदमा निर्वाचन भइसकेका चौलागाईलाई पार्टीले फेरि टिकट दिएपछि केसी जहिले पनि अवसरबाट बञ्चित हुनुपरेको भन्दै चुनावी मैदानमा उत्रनुभएको हो ।

यस्तै, गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेले पनि एमालेबाट टिकट नपाएपछि खण्डा लामा गुरुङविरुद्ध स्वतन्त्र रुपमा प्रदेशसभाका लागि मनाङ ‘ख’ बाट उम्मेदवारी दिएका छन् । मनाङ्गेको व्यक्ति प्रभाव मतदातामा रहेकाले गठबन्धनलाई उनको उम्मेदवारी टाउको दुःखाइ भएको छ ।
उता जाजारकोट प्रदेशसभा ‘ख’ वाम गठबन्धनबाट एमालेको भागमा परेर निरज आचार्यलाई पार्टीले सुरुमा टिकट दिए पनि पछि केन्द्रबाट त्यो क्षेत्र माओवादीलाई छाड्ने सहमति भएपछि दुवै पार्टीबाट उम्मेदवारी परेको छ । आचार्यसँगै माओवादीबाट गणेश सिंहको पनि उम्मेदवारी परेसँगै वाम गठबन्धनमा कसलाई फिर्ता गराउने भन्ने अन्योल छ । वागी उम्मेदवारी फिर्ता गराउनेबारे छलफल भइरहको एमालेका तर्फबाट टिकट बाँडफाँड समितिमा रहनुभएका नेता शंखर पोखरेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । ‘हाम्रो तर्फबाट भन्दा पनि माओवादीबाट बढी समस्या देखिएको छ । यो त्यति ठूलो समस्या होइन । वागी उम्मेदवारी फिर्ता हुन्छ’ पोखरेलले भन्नुभयो ।

माओवादी केन्द्रबाट पनि वागी उम्मेदवार धेरै ठाउँमा खडा भएका छन् । रामेछापमा गठबन्धनबाट श्यामकुमार श्रेष्ठलाई प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा एमालेका शान्ति पौडेल र प्रदेश ‘ख’ मा एमालेकै कैलाश ढुंगेललाई उठाइएको छ । उनीहरुविरुद्ध माओवादी नेताहरु लक्ष्मी गुरुङ, हेमन्त पौडेल र मैनकुमार मोक्तानले वागी उम्मेदवारी दिएका छन् । माओवादीबाट रुकुम (पूर्व) मा पनि बागी उम्मेद्वारी परेको छ । वामगठबन्धनले रुकुम (पूर्व) मा प्रतिनिधिसभाका लागि कमला रोका र प्रदेशसभा ‘क’ का लागि तेजबहादुर ओलीलाई उम्मेदवार बनाए पनि माओवादीबाटै तेजेन्द्र खाममगर र पुणिराज घर्तीले वागी उम्मेदवारी दर्ता गराएका छन् । पार्टी नीतिविपरीत परेका उम्मेद्वारी फिर्ता गराउन छलफल भइरहको माओवादी केन्द्रका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

योपटक कांग्रेसलाई राहत
अघिल्ला चुनावहरुमा वागी उम्मेद्वारका कारण हैरान हुने कांग्रेसलाई भने योपटक थोरै भए पनि राहत मिलेको छ । कांग्रेसबाट ओखलढुंगामा मात्र बागी उम्मेदवारी परेको छ । ओखलढुंगाको प्रदेशसभा ‘ख’ मा पार्टी सभापति प्रदीप सुनुवार विरुद्ध ज्ञानेन्द्र रुम्दालीले बागी उम्मेदवारी दिनुभएको छ । तरुण दल जिल्ला अध्यक्षसमेत रहेका रुम्दालीले आफू पटक पटक अन्याय भएको भन्दै उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको कांग्रेसले जनाएको छ ।
अघिल्ला चुनावमा धेरै ठाउँमा वागी उम्मेदवारले भोट काट्दा आधिकारिक उम्मेद्वार नै हार्ने कांग्रेसको इतिहासमा योपटक भने पूर्ण विराम लाग्ने संकेत देखिएको छ । वामपन्थी दलहरु संयुक्त मोर्चा बनाएर चुनावमा होमिएपछि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि यसपटक बाहिर कम प्रकट भएको हो ।

धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

पाँचकुला (भारत), ९ भदौ । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएको प्रहरी ...