पूर्वराजाको अभिव्यक्तिको स्वागत गर्दै विभिन्न गतिविधि हुन थाले

काठमाडौं कार्तिक ८, पूर्वराजा ज्ञानेन्द्रले भाइटिकाको सन्दर्भमा दिनुभएको अभिव्यक्तिको हिन्दु ॐकार भोलन्टियर्सले एक विज्ञप्तिमार्फत स्वागत गरेको छ । भोलन्टियर्सका केन्द्रीय अध्यक्ष पदमराज पाण्डेले जारी गर्नु भएको विज्ञप्तिमा पुर्वराजा ज्ञानेन्द्र शाहबाट अभिव्यक्त विचार स्वागतपूर्ण रहेको मनन् गर्दै सो संस्थाले उत्त अभिव्यक्तिको हार्दिक स्वागत गरेको उल्लेख छ ।

विज्ञप्तिमा राजनीतिक परिवर्तनको नाममा हुँदै आएको अराष्ट्रिय तत्त्वको चलखेल एवं हस्तक्षेपले नेपाली राष्ट्रियता र नागरिकहरूको आपसि सद्भावमा स्खलन ल्याई क्रमशः नेपाल र नेपालीलाई कमजोर बनाउने कार्य भइरहेको बताइएको छ । नेपाली भूमिलाई गुलाम बनाउने षड्यन्त्रका गतिविधिहरू दिनप्रतिदिन बढ्दै गएको, राजनीति पार्टीका नेतृत्त्वपँक्ति मातृभूमि नेपाल माथि रचिएको राष्ट्रघातको चक्रव्यूहको खलानयक बन्दै अराष्ट्रिय तत्त्वका मतियार भई क्षणिक स्वार्थमा पराईलाई देश सुम्पिन सौदाबाजि गरिरहेको, बिभिन्न बहानामा देश र राज्यलाई भागबण्डा लगाउने तथा सत्ताको दुरुपयोग गर्ने नीयतका कुकर्महरू छरपष्ट रूपमा देखिइरहेको कुरा उल्लेख छ ।

ईतिहासको यो संकटपूर्ण घडिमा आएको जिम्मेवारी लिन र नेतृत्त्व दिन तयार रहेको भन्ने अभिव्यक्ति राष्ट्रिय भावनाबाट ओतप्रोत रहेको ठहर गर्दै देश र नागरिकलाई टुटाउने नभएर जुटाउने दिशातर्फ उद्दत मौसुफ सरकारको सो विचारको सो संस्थाले स्वागत गरेको व्यहोरा लेखिएको छ ।
विज्ञप्तिको अन्त्यमा अब यो घडिमा पनि नेपाली नागरिक चुपलागेर बस्ने हो भने भविष्यमा पछुताउनुको शिवाय अरु केही उपाय नदेखिने भएकोले समयमै सबै नेपाली नागरिकले वास्तविकता बुझेर आ–आफ्नो स्थानबाट कर्तव्यबोध गर्नुपर्ने स्थिति आएको कुरा उल्लेख छ । महाराजधिराजको अभिव्यक्तिको भावना बुझेर राष्ट्र–राष्ट्रियता बचाउने पक्षमा एकजुट हुन राष्ट्रप्रेमी सबै नेपाली नागरिक समक्ष सो संस्थाले हार्दिक आव्हान गरेको बताइएको छ ।

उत्त विषयलाई लिएर देशका विभिन्न स्थानमा विभिन्न खालका प्रदर्शन तथा गतिविधि र प्रेस विज्ञप्तिहरु जारी हुन थालेका छन् । विश्व हिन्दु महासंघ, शिव सेना, राष्ट्रिय एकता पार्टी प्रजातान्त्रिक लगायतका संघसंस्थाहरूले कुनैले प्रेस विज्ञप्तिमार्फत र कुनैले विभिन्न कार्यक्रममार्फत राजा ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागत गरेका छन् ।

राजा ज्ञानेन्द्रले भाइटिकाको सन्दर्भमा सञ्चारकर्मीहरूसँग देशमा व्याप्त वेथितिलाई लक्षित गर्दै अब मुलुक नेतृत्त्व विहिन हुन लागेको, राजनीतिक तहले नागरिक र देशको मर्म बुझ्न नसकेको तर्फ संकेत गर्दै आफूले जिम्मेवारी लिन र नेतृत्त्व दिन तयार रहेको अभिव्यक्ति दिनु भएको थियो ।

राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको स्वागतमा वीरगञ्जमा भाइटिकाको भोलिपल्ट नै र्यालि निस्केको थियो । स्याङ्जा, कास्की, चितवन, नेपालगञ्ज, सिराहलगायतका स्थानहरूमा पनि स्वागतमा विभिन्न कार्यक्रम भएको समाचार प्राप्त भएको छ । यता काठमाडौंमा सोमवार साँझ शान्तिबाटिकाबाट राजतन्त्रको पक्षमा नारा लगाउँदै निस्केको र्याली माइतिघर मण्डलामा पुगेर दिपावली गरेको छ ।

आन्दोलनका कारण सीमामा अवरोध

८ असोज- नेपाल-भारत सीमा क्षेत्रमा जारी अवरोध तत्काल नहट्ने संकेत भारतले गरेको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आफूले नभइ नेपाली आन्दोलनकारीले सीमा ...