तोकिएकै मितिमा चुनाव हुने निर्वाचन आयोगको दाबी

रसुवा, कार्तिक ११,निर्वाचन आयोगले तोकिएकै मितिमा चुनाव सम्पन्न हुने दावी गरेको छ ।

सुरक्षा निकायका पदाधिकारीसँग आज आयोजित छलफलमाआयोगका पदाधिकारीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनेमा शंका नगर्न पनि आग्रह गरेका छन् । छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले निर्वाचनको विषयमा सर्तक रहन सुरक्षा निकायका पदाधिकारीसँग आग्रह गर्नुभयो । उहाँले निर्वाचनको बेलमा राजनितिक दलहरुले आफु अनुकुल सुरक्षा निकायलाई चलाउन खोज्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिवद्ध रहेको उहाँको भनाई छ ।

निर्वाचन आयोग सर्वोच्च आदेश पालना गर्दै अगाडी बढ्ने पनि उहाँले बताउनुभयो । मतपत्र छपाईलाई कारण बनाएर मंसिर १० र २१ मा हुने चुनाव बारे अनावश्यक प्रचार प्रसार नगर्न पनि सबैसँग उहाँले आग्रह गर्नुभयो । आजै रिपोर्टस क्लबले गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सर्वोच्च अदालतको आदेश आफूहरुले नपाएकोले आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भएको स्पष्ट पार्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले अदालतको आदेश अहिलेसम्म आफूहरुले प्राप्त नगरेको भन्दै मतपत्र छपाईको काम आजबाट नै सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सर्वोच्च अदालतले के आदेश पठाएको छ, हामीलाई थाहा छैन, हामीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छपाईलाई अघि बढाएका छौं, जनक शिक्षा कार्यालयले काम सुरु गरिसक्यो, अब रोकिँदैन् ।

दोस्रो चरणको स्थानीय चुनावको तयारी पूरा, उम्मेदवारी दर्ता भोलि

दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा नभएको निर्वाचन आयोगले जनाएको छ । भोलि विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने ...