स्पेन सरकारद्वारा क्याटलोनियाको क्षेत्रीय सरकार र संसद् विघटन

राससः कार्तिक ११ क्याटलोनियाको क्षेत्रीय सरकारले स्वतन्त्र भएको एकतर्फी रुपमा घोषणा गरेपछि त्यसप्रति प्रतिक्रिया जनाउँदै स्पेनले क्षेत्रीय सरकार र संसद्लाई विघटन गरेको छ ।

स्पेन सरकारले क्याटलोनियामा समयअगावै निर्वाचन गराउने घोषणा समेत गरेको छ । क्याटलोनियामा प्रत्यक्ष शासन लागू गर्नुको उद्देश्य केही दशकयताकै स्पेनले सामना गर्नुपरेको संवैधानिक संकटलाई सम्बोधन गर्ने रहेको छ । क्याटलोनियालाई ‘सामान्य अवस्थामा फर्काउन’का निम्ति केन्द्र सरकारको प्रत्यक्ष शासन लागू गर्न आवश्यक भएको स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले बताउनुभएको बिबिसीले लेखेको छ ।

कांग्रेस नेता रमेश लेखक २५८ मतान्तरले पराजित

कञ्चनपुर २६ मंसिर,कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ...