त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ११ पुग्यो

धादिङ कात्तिक, ११ , धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले ११ जनाको मृत्यु भए पनि पहिचान नखुलेको अनलाइनखबरलाई जानकारी दिए । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।बसमा कति यात्रु थिए भन्ने एकीन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको थियो । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने … Continue reading त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ११ पुग्यो