आज विश्व शहरी योजना र बसोबास दिवस मनाइँदै

नुवाकोट कार्तिक १३, शहरी विकास मन्त्रालयले शहरी योजना र बसोबास दिवस आज विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको आह्वानमा प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार मनाउने गरिएको छ । तर यो वर्ष दशैं परेकाले आज अक्टोबरको अन्तिम सोमबार यो दिवस मनाउन लागिएको हो । यसवर्षदिवसको नारा ‘आवास नीतिको प्रयास ः गच्छे अनुसारका सुरक्षित बास’ रहेको छ ।

यस्तै आजैशहरी योजना दिवस पनि मनाईंदैछ । यो दिवस नोभेम्बर ८ मा परे पनि मन्त्रालयले आज दुवै दिवस एकै दिन मनाउन लागेको मन्त्रालयका प्रवक्ता शम्भु केसीले जानकारी दिनुभयो । शहरी योजना दिवसको नारा भने ‘संघीय नेपालमा शहरी योजना’ तय गरिएको छ । दुवै दिवस मनाउन मन्त्रालयले छुट्टा छुट्टै समिति गठन गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री काठमाडौंमा

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी काठमाडौं ओर्लिएका छन् । दुई दिवसीय औपचारिक भ्रमणका लागि उनी नेपाल आएका हुन् । पाकिस्तानी सेनाको विशेष विमानबाट ...