१७ किलो सुनसहित पासाङ लामा पक्राउ

लमजुङ कार्तिक १६, लमजुङ प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जाँदै गरेका पासाङ लामाका साथबाट सुनका १७ वटा विस्कुट बरामद भएको हो । लमजुङका प्रमुख प्रमुख पदमबहादुर विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका ३ खुदी बजारमा चेकजाँचका क्रममा उनी सुनसहित पक्राउ परेका हुन् ।

मनाङको नासोङ गाउँपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष नाम पनि पासाङ लामा नै छ । तर, पक्राउ परेका व्यक्तिले आफू वडाध्यक्ष नभएको बताएको विष्टले जानकारी दिए ।

उपहार साइकल थन्काए

१५ पुस – प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्डले साइकलमा यात्रा गरेको कहिल्यै देख्नुभएको छ रु देख्नुभएको छैन ...