४ हजार ७ सय ८ जनाको उम्मेदवारी

काठमाडौं, कात्तिक १७ – दोस्रो चरणअन्तर्गत आउँदो मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ ।

उक्त उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार, प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको सूचना प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

महायज्ञबाट एक करोड २५ लाख सहयोग

फागुन २८, २०७४ विराटनगर – सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक ...