मनोनयन दर्तासँगै चुनावी चहलपहल तीव्र

ललितपुर, १९ कात्तिक (रासस) ः आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै गाउँ÷गाउँमा चुनावी चहलपहल ह्वातै बढेको छ ।

दैनिकी दिनचर्याबाहेक अन्य गतिविधि शून्य हुने गाउँघरमा चुनावी माहोलको सरगमी बढ्दै गएको छ । निर्वाचनको परिणाम आफ्नै पोल्टामा पार्न पार्टीका नेता अहिले घर÷घरमा भोट माग्न पुगिरहेको सजिलै देख्न पाइन्छ ।

विसं २०७० मा सम्पन्न संविधानसभाको निर्वाचनपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन जनता जति आतुर देखिन्छन् त्यति नै नेता आफ्नो बहसमा मत पार्न कसरत गरिरहेका छन् । नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनले पनि जनतामा उत्साह छाएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद मदनबहादुर अमात्य मत माग्न व्यस्त हुनु भएको छ । दोस्रो सविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर ३ बाट अमात्य भारी मतका साथ विजयी हुनुभएको थियो ।

“जसरी २०७० सालको निर्वाचनमा ललितपुर काँग्रेसको किल्ला भयो त्यसरी नै मंसिरमा हुने निर्वाचनले उक्त किल्ला कायम रहने सभापति अमात्यको भनाइ थियो ।”

ट्याङकर राजधानी फर्किदै

१५ कात्तिक-पेट्रोल लिनका लागि केरुङ गएको ३ वटा ट्याङकर हिजो साँझ नेपाल भित्रिएको छ । १२ हजार लिटरका ३ वटा ट्याङकरमा ९ हजारका दरले २७ ...