पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न घरधनीको अल्टिमेटम

काठमाडौं, कात्तिक २० – भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गर्नुभएको छ ।

सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गर्नुभएको हो । विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिनुभएको छ ।

ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आउनुभएको छ । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ । विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

पार्टीमा यसरि रमाए रमित(भिडियो)

चलचित्र ‘बुद्ध बर्न इन नेपाल’मा समावेश एक आइटम गीत रिलिज गरिएको छ । वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिनका लािग तयार पारिएको यो चलचित्रको ...