तराईका बाढी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने सरकारको निर्णय

काठमाडौं, कात्तिक २० – सरकारले तराईका बाढी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखमै सरकारले नयाँ योजना बनाउन लागेको हो । अर्थ मन्त्रालयले एक दुई दिनभित्र राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले मलेसियाका राजदूत निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ ।
यस्तै विनोद केसीलाई रक्षा सचिवमा सरुवा गर्ने निर्णय पनि भएको परियारले जानकारी दिनुभयो । केसी सार्वजनिक खरिद अनुगमन कार्यालयमा हुुनुहुन्थ्यो ।

संघीय संसद्को बर्खे अधिवेशन आज सुरु हुँदै

संघीय संसद्को बजेट (बर्खे) अधिवेशन आज सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज बैठक बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन्। पहिलो अधिवेशन सकिएको झण्डै एक महिनापछि ...