तयार भयो मुलपानी क्रिकेट मैदान, शनिबार मैत्रीपुर्ण खेल हुने

काठमाडौं, कात्तिक २३ – काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ ।

लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएपछि यहि कात्तिक २५ गते शनिबार अहिलेका राष्ट्रिय खेलाडी र पूर्व खेलाडीबिच खेल पनि हुने भएको छ । ‘मैदान खेल्न याग्य छ भन्ने सन्देश दिन कात्तिक २५ गते मैत्रीपूर्ण खेल हुँदैछ, लामो समयको प्रयासपछि यो मैदान खेल्न योग्य भएको छ’ नेपाल क्रिकेट संघका कार्यसञ्चालन अधिकृत छुम्वी लामाले भन्नुभयो ।

१३ वर्षअघि निर्माण सुरु भएको मैदान विभिन्न कारणले पूरा हुन सकेको थिएन । २०७३ सालको असोजमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेलसहितका क्रिकेटर र क्रिकेट संघका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्वी लामाको पहलमा तत्कालिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई मैदान निर्माणको माग गरेर ज्ञापनपत्र बुझाइएको थियो ।

चैतमा झन्डै १७ लाख बजेट छुट्याएर काम सुरु भएको थियो । माथिल्लो क्रिकेट मैदानलाई क्यानले २०६४ सालमा मैदान सम्याउने तथा बार लगाउने काम सकेर २०६७ सालमा पभेलियनसमेत बनाएको थियो तर त्यसपछि मैदान निर्माणको काम अलपत्र थियो । माथिल्लो मुलपानी क्रिकेट मैदान खेल्न योग्य भएपछि त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानको विकल्प पनि तयार भएको छ ।

People seen cutting grasses to maintain the under-construction cricket ground in Mulpani in the Capital on Saturday, November 5, 2016. The ground is going to be one of the national level cricket grounds in the county after the construction works are completed. Photo: RSS

बाबुराम समूहसँग प्रचण्ड पक्ष नझुक्ने

१८ कात्तिक- एकीकृत नेकपा माओवादीको स्थायी कमिटी बैठकले पूर्व नेता डा। बाबुराम भट्टराई पक्षमा लागेका पाँच नेतालाई पार्टीबाट निस्कासन गरेको छ । साथै देवेन्द्र पौडेल ...