चुनाव तयारीका लागि कांग्रेसले जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं, कात्तिक २७ – नेपाली कांग्रेसले आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
कुन जिल्लामा को केन्द्रीय प्रतिनिधि ?
– सोलुखुम्बु खिलानाथ दाहाल
– संखुवासभ धना खतिवडा
– भोजपुर तारामान गुरुङ्ग
– ओखलढुंगा मृदुला कोइराला
– ताप्लेजुङ केशवकुमार वुढाथोकी
– पाँचथर वेनुपराज प्रसाई
– खोटाङ रमा पौडेल
– नुवाकोट प्रा वासुदेव घिमिरे
– रसुवा बहादुर सिंह लामा
– धादिङ रामेश्वर उपाध्याय
– सिन्धुपाल्चोक मिन विश्वकर्मा
– दोलखा पुष्पा भुषाल
– रामेछाप शोभाकर पराजुली
– मुस्ताङ शोभियतबहादुर अधिकारी
– म्याग्दी तिलक रानाभाट
– बाग्लुङ कुमार खड्का
– मनाङ डा हिमलाल घिमिरे
– लम्जुङ धनबहादुर मास्की राना
– गोरखा भेषराज दुवाडी
– रूकुम (पूर्वी भाग) कृष्ण कार्की
– रोल्पा पार्वता डिसी चौधरी
– रूकुम (पश्चिम भाग) गेहेन्द्र गिरी
– जाजरकोट गोविन्द मल्ल
– हुम्ला डा प्रमोद अर्याल
– मुगु डिल्लीराज तिवारी
– जुम्ला सरस्वती शाह
– कालिकोट आशा विक
– डोल्पा विद्या खनाल
– दार्चुला नरेन्द्र सिंह भण्डारी
– बझाङ शंकरप्रसाद पाण्डे
– बाजुरा अरुणप्रकाश सिंह राठौर
– बैतडी दिलेन्द्रप्रसाद बडू

अमेरिकाबाट राज बल्लभले केकीलाई ‘बेस्ट अफ लक’ ?

अमेरिकामा बस्दै आएका नायक राज बल्लभ कोइरालाले नायिका केकी अधिकारीलाई फिल्म सफलताको शुभकामना र बधाई दिएका छन् । केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘कोहलपुर एक्प्रेस’को ...