प्रचण्डले भने – वडा नं १९ को घटना इतिहासकै दुर्भाग्यपूर्ण

चितवन, कात्तिक २७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा नं १९ मा घटेको घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभएको छ ।

आइतबार बेलुका पश्चिम चितवनको शारदानगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको चुनावका बेला वडा नं १९ मा भएको घटनाबाट शिक्षा लिँदै दोहोरिन दिन नहुनेमा जोड दिनुभयो । “वडा नं १९ नेपालको चर्चाको विषय बन्यो, १९ नं वडामा जुन घटना घट्यो, त्यो इतिहासकै दुर्भाग्यपूर्ण घटना हो, त्यसबाट हामीले शिक्षा लिनुपर्छ” प्रचण्डले भन्नुभयो, “त्यस्ता घटना दोहोरिन दिनु हुन्न ।”
स्थानीय तहको चुनावका बेला भरतपुर–१९ को मतगणनाका क्रममा गणनास्थल मै मतपत्र च्यातिएको थियो । त्यसपछि यहाँ पुनः मतदान भएको थियो ।
चार दिनदेखि चितवनमा चुनावी अभियानमा सक्रिय हुनुभएका प्रचण्डले आइतबार चितवन निर्वाचन क्षेत्र नं ३ का विभिन्न १० ठाउँमा भएको चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसलाई पनि विचार मिल्ने शक्तिहरुसँग गठबन्धन गरेर जान सुझाव समेत दिनुभयो । “देशका ठूला पार्टीहरु मिलेर अघि बढ्नुपर्छ, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस आत्तिन जरुरी छैन, कांग्रेसले पनि विचार मिल्ने शक्तिहरुसँग एकता गर्नु राम्रो हुन्छ”– उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले अबको युग समृद्धिको युग भएको बताउँदै त्यसका लागि स्थीर सरकार निर्माण गर्न आफू लागिपरेको उल्लेख गर्नुभयो ।

उहाँले आइतबार भरतपुर महानगरका १५, १६ र १९ नं वडाको मंगलपुर, फूर्तिचोक, शरणपुर, शिवघाट, विजयनगर, शारदानगर, रामपुर, गुञ्जनगर, रानीपोखरीलगायत स्थानमा आयोजित सभालाई सम्बोधन गर्नुभएको थियो ।

चुनावसँगै संविधान कार्यान्वयनको पक्ष सन्तोषजनक

नेपालको संविधान जारी भएको आज (मंगलबार) दुई वर्ष पूरा भएको छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ ...