श्रीमतीको सम्पत्तिमा चुनाव लड्दै पोखरेल र महत

काठमाडौं कात्तिक २७, प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनको मिति आउन करिब दुई साता बाँकी छ । नेपाली जनताले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि आफ्ना नेता छान्न गइरहेका छन् ।

यसै क्रममा काठमाडौँ क्षेत्र नं ५ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महत चुनावी मैदानमा छन् ।

पोखरेल र महत दुवैको सम्पत्तिको मोटामोटी हिसाब गर्दा उस्तै–उस्तै देखिन्छ । तर, रमाइलो के छ भने दुवैको सम्पत्ति आफ्नो नाममा भने छैन । दुवैले श्रीमतीको नाममा मात्रै सम्पत्ति रहेको भन्दै प्रचार गराउने गरेका छन् । २०४६ सालपछि राजनीतिमा उदाएका पोखरेलले तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सहयोगीको रुपमा काम गरे । हाल उनी एमालेका महासचिव छन् ।तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि पानी ट्यांकीमा पैसा लुकाएको तत्कालीन शाही आयोगले विवरण सार्वजनिक गरेको थियो । उनकी श्रीमती मिरा धुजु पूर्वसांसद समेत हुन् । उनको बसुन्धारामा तीन तले घर रहेको छ । हालको मूल्यअनुसार उक्त घरको मूल्य मात्रै चार करोडभन्दा बढी पर्ने बताइन्छ ।

यस्तै मनमोहन अस्पतालदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत पोखरेलको शेयर छ । महासचिव पोखरेल दुईपटक मन्त्री भए । उनले भने आफ्नो नाममा कुनै पनि सम्पत्ति नरहेको र सबै श्रीमती मिराको माइतीले दाइजोमा दिएको बताउने गरेका छन् ।

दुईपटक कांग्रेसका नेता नरहरि आचार्यसँग पराजित भएका महासचिव पोखरेल यसपटक पनि सोही क्षेत्रबाट निर्वाचनमा वामगठन्धनको उम्मेदवार छन् ।पछिल्लो १० वर्षमा कुनै पनि सार्वजनिक पदमा भने नरहेका पोखरेल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, १३ दिनमा नै राजीनामा गरेर निस्किए ।

उता नुवाकोटको सामान्य आर्थिक अवस्थाबाट राजधानी छिरेका नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत काठमाडौं चोभारस्थित फुफूको घरमा बसेर अध्ययन गरेका थिए ।

ऊर्जामन्त्री, परराष्ट्रमन्त्री समेत भइसकेका डा. प्रकाशशरण महतको ३० तोला सुन, १२ सय तोला चाँदीलाई ‘विवाहबाट प्राप्त भएको’ भनी लेखेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको परराष्ट्रमन्त्री रहेका डा. महतले केही बैंक तथा वित्तीय संस्थामा शेयर रहेको समेत प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरेका थिए ।

महतले झापा तोपगाछी–५ मा रहेको ५ बिघा ४ कट्ठा जमिनसमेत श्रीमतीको ‘माइतीबाट प्राप्त भएको’ उक्त विवरणमा उल्लेख गरेका छन् ।
काठमाडौंमा रहेको घरसमेत उनले श्रीमती बिना महतको नाममा रहेको पछिल्लोपटक पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ । यसअघि सधै समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद भएका डा. महत यसपटक भने काठमाडौँ क्षेत्र नं ५ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

राजनीतिक नियुक्तिलाई पूर्णरुपमा बन्द गर्नुपर्छः शिक्षामन्त्री

२४ भदौ, चितवन । शिक्षामन्त्री धनिराम पौडेलले कृषि विश्वविद्यालयको समस्या नयाँ तरिकाबाट समाधान गर्नुपर्ने बताएका छन् । ‘कृषि विश्वविद्यालय जन्मदा नै समस्या थियो, उनले भने  अब ...