भनेजति चन्दा नपाएपछि बुढीगण्डकीको सम्झौता रद्द गरियो:ओली

काठमाडौं कात्तिक,२८, प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेजति चन्दा नपाएपछि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भएको ठेक्का सम्झौता रद्द गर्न खोजिएको बताएका छन् ।

बुढीगण्डकीको ठेक्का रद्द र वामपन्थी गठबन्धनका उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लव समूहको साँठगाँठ रहेको उनको दाबी छ । सरकार फाँसिवादी ढंगले चलेको भन्दै ओलीले यसबीचमा गरेका निर्णयहरु नयाँ सरकारले खारेज गर्ने चेतावनी समेत दिएका छन् ।वाम गठबन्धनका काठमाडौंका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘यही सरकारले सम्झौता गर्‍यो, यहि सरकार खारेज गर्न खोज्दैछ । कुरा प्रष्टै छ, चन्दा धेरै चाहियो !’

सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण र बम हमला गर्ने सन्दर्भमा पनि सरकार र विप्लव समूहबीच साँठगाँठ रहेको आरोप लगाए । उनले अघि भने, यो सरकार र विप्लवमा के फरक छ ? एउटा चन्दाका लागि कब्जा गर्छ, लुट्छ, अर्कोले चन्दा नपाए आफैंले दिएको ठेक्का खोस्छ ।’

मन्त्रीनै बम हमला गर्नेको रिहाई गराउन लाग्नुले आफ्नो आरोप पुष्टि भएको उनले बताए । ओलीले भने, ‘सरकारको ध्यान शान्ति सुरक्षामा छैन, नेताहरुमाथि बम प्रहार गर्नेमा तिनीहरुको बीचमा साँठगाँठ छ, एउटाले बाम हान्ने, अर्कोले जोगाउने । केहीदिनअघि झापामा बिर्तामोडका मेयरको घरमा आक्रमण भयो, यो सिलसिला चलिरहेको छ ।’राज्यकोषबाट कांग्रेस कार्यकर्तालाई करोडौं रकम आर्थिक सहयोगका नाममा वितरण भइरहेको भन्दै विपक्षी नेता ओलीले लुट खस्यौट रोक्न सरकारलाई चेतावनी दिए ।

‘राज्यकोषबाट एकै महिनामा २३ करोड रुपैया कार्यकर्तालाई बाँडिएको छ । गृहमन्त्रालयबाट १० हजारदेखि ५ लाखसम्म दिइएको छ । राज्यकोषमाथिको यो ब्रम्हलुट तत्काल बन्द गर्न म सरकारलाई चेतावनी दिन्छु’ ओलीले भने । ओलीले काठमाडौंका दशैं निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवार बिजयी हुनुपर्ने बताए । सोही कार्यक्रममा एमाले बरिष्ठ नेता तथा क्षेत्र नम्बर २ का उम्मेवार माधव नेपालले वामपन्थी गठबन्धनबाट आत्तिएर कांग्रेसले अधिनायकवादको हौवा चलाएको बताए ।

‘ए मेरो हजुर ३’ पनि बन्छः झरना थापा

नायिका एवं निर्देशक झरना थापाले ‘ए मेरो हजुर ३’ पनि बनाउने बताएकी छिन् । चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै झरनाले ‘ए ...