लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः प्रम

धनगढी कात्तिक २९, नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार हुँदैन भन्नुभयो । सभापति देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको चर्चा गर्दै नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने बताउनुभयो । “म सुदूरपश्चिमवासीकै सहयोगमा चार चार पटक प्रधानमन्त्री भए, म सँग झगडा गर्ने, लड्ने अधिकार र हक तपाइहरुसँग छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको … Continue reading लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः प्रम