सेनाले शक्ति आफ्नो हातमा लिनु सैन्य ‘कु’ जस्तै भएको एयुको भनाई ।।

रसुवा कार्तिक ३०, अफ्रिकन युनियन एयुले जिम्बाबेको सेनाले शक्ति आफ्नो हातमा लिनु र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राख्नु सैन्य ‘कु’ जस्तै भएको जनाएको छ ।

एयुका प्रमुख एल्फा कोन्डेले जिम्बाबियन सेनाको कामकारबाही सैन्य ‘कू’ जस्तै रहेकाले तत्काल संवैधानिक व्यवस्था लागू गर्न आग्रह गर्नुभएको छ । तर सेनाले भने ‘कू’ नगरेको बताउँदै आएको छ । उसले राष्ट्रपति मुगाबे सुरक्षित रहेको र उहाँमाथि आतंकाकारी आक्रमणको खतरा रहेकाले सुरक्षा घेरामा राखिएको दाबी गरेको छ । जिम्बाबेको सेनाले हिजो राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेमा नजरबन्दमा राखेर शक्ति आफ्नो हातमा लिएको थियो ।

सेनाले सरकारी टेलिभिजन पनि आफ्नो नियन्त्रणमा लिएको छ । सेनाले राजधानी हरारेमा कडा सुरक्षा गस्ती गरिरहेको छ । आफूहरुले अपराधीलाई निशाना बनाएको सेनाको भनाई छ । कतिपय विश्लेषकहरुले भने राष्ट्रपति मुगाबेलाई हटाएर उपराष्ट्रपति इमरसन मनंगावालाई सत्तामा ल्याउनका लागि सैन्य कारवाही गरिएको हुन सक्ने बताएका छन् ।

असमलाई केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प

१३ असार, काठमाडौं । भारतको असमलाई केन्द्र विन्दु बनाएर ५.६ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ । बिहान ६ बजेर ५० मीनेटको समयमा गएको भूकम्पको ...