बम विस्फोट अपडेट :५ जना घाइते

नुवाकोट मंसिर १, नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार बिहान ककनी गाउँपालिका वडा नं ५, डाँडागाउँमा एम्बुस विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

डा. महत चढेको गाडी पार भइसकेपछि विस्फोट भएकोले डा. महतलाई केही भएन । उहाँ चढेकोभन्दा पछाडिको गाडीमा रहेका पाँच कार्यकर्ता घाइते भए । चुनावी अभियानका कार्यकर्ता चढेको बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेर सडकमै पल्टिँदा उपेन्द्र मिश्र, सविन लामा, एसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राई घाइते भएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ । शुक्रबार ककनी गाउँपालिकाको चतुरालेको चुनावी कार्यक्रममा सहभागी हुन डा. महतको टोली जाँदै गरेको बेलामा आक्रमण भएको हो ।

साउदीलाई कतारको साथ

२३ पुस – कतारले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । साउदी अरबको समर्थन गर्दै कतारले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको हो । ...