जिम्बाबेमा राजनीतिक संकट लम्बिने, सत्तामा रहिरहने मुगाबेको घोषणा

मंसिर ४, रासस जिम्बाबेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफू अझै सत्तामा रहिरहने बताउनुभएको छ ।

देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आफू आउँदो महिना हुने सत्तरुढ पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताउनुभएको हो । उहाँले सम्बोधनको क्रममा राजीनामाका विषयमा केही पनि बताउनुभएन । सत्तारुढ पार्टी जानु–पिएफले यसअघि मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको थियो । जानु–फिएफ पार्टीले भने उहाँलाई पार्टीको नेताबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएको थियो । यो अवधिमा राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी पनि दिइएको छ ।

तर मुगाबेले टेलिभिजन सम्बोधनको क्रममा आफू पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताएपछि समस्या झन जटिल बन्ने देखिएको छ । टेलिभिजन सम्बोधनको क्रममा राजीनाका सम्बन्धमा केही नबोलेका मुगाबेले एकअर्कासँग कटुता नराख्न नहुने बताउनुभएको छ ।

वर्षाले छाडेपछि ‘रानीमहल’को प्रस्ताव साम्राज्ञीलाई, गर्लिन त ?

केहि समय अघि काठमाडौँमा धुमधामसँग पत्रकार सम्मेलनको आयोजना गरि ‘रानीमहल’ फिल्मको घोषणा गरियो । जसमा नायिका वर्षा शिवाकोटी र ‘ऐश्वर्य’बाट चर्चामा आएका प्रशान्त ताम्राकार मुख्य ...