निर्वाचनका लागि चार दिन विद्यालय बन्द गरिने

रसुवा मंसिर ४, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्।

आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा मंसिर १८ देखि २१ सम्म बिदा हुने जनाईएको छ।

विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो। निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभएकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताएका छन् ।

भरतपुर प्रकरणमा सर्वोच्चको फैसला दुःखदः एमाले

प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसला दुःखद भएको बताएको छ । एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले ...