अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आग्रह

तनहु मंसिर १२, प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस तनहुले भानु नगरपालिकामा गरेको चुनाबी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रले मात्रै देशको रक्षा हुने भएकाले लोकतन्त्रको पक्षधर काँग्रेसलाई भोट दिन मतदातालाई आग्रह गर्नुभयो । वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यसविरुद्ध नेपाली जनता एक भएर लाग्न आह्वान गर्नुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

नुवाकोट र रसुवाका सीमा क्षेत्र बेत्रावतीको गयाधाममा श्राद्ध गर्नेको घुइँचो

बेत्रावति पुस ३, सोमबार पौषे औशीे दिबगत पित्तृको सम्झनामा आज नुवाकोट र रसुवाको संगमको रुपमा रहेको वेत्रावति नदिको किनारमा श्राद्ध गरि मनाइएको छ । रसुवा ...