​चुनावका लागि बन्द गरिएको रसुवागढी नाका खुल्यो

रसुवा, मंसिर १२ आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभा चुनावको लागि ७२ घण्टा बन्द गरिएको रसुवागढी नाका खुला गरिएको छ ।
चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढी बिहिबार राति १२ बजेदेखि पूर्ण रुपमा बन्द गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी चोमन्द्र न्यौपानेका अनुसार आइतबार राति १२ बजेबाट नाका खुला गरिएको हो । औपचारिक रुपमा आइतबार राति १२ बजेबाट सुचारु भएको भएपनि सोमबार बिहान ८ बजेबाट नाकाको गेट खोलिएको थियो । नाका सञ्चालनमा आएसँगै चीन जाने तयारीमा रहेका १९ ओटा कन्टेनर चीनको केरूङ गएका छन् । सोमबार २७ वटा सामग्री बोकेका कन्टेर नेपाल आएका छन् ।

चीनसँगको व्यापारिक नाका रसुवागढी आइतबारबाट खुलेको छ । निर्वाचनको अवधिका लागि ७२ घण्टा नाका सिल गरिएको थियो । बिहिबार राति १२ बजेबाट बन्द गरिएको नाका आइतबार राति १२ बजेबाट औपचारिक रुपमा खुलेको हो ।

मनोनयन दर्तासँगै चुनावी चहलपहल तीव्र

ललितपुर, १९ कात्तिक (रासस) ः आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै गाउँ÷गाउँमा चुनावी चहलपहल ...