एमालेलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोगको निर्देशन

काठमाडौं, मंसिर १३ – निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित ‘पार्टीको चुनाव चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’, ‘नागरिक’ र ‘राजधानी’ दैनिकलगायत पत्रिकामा विज्ञापन छपाएको जनाउँदै आयोगले एमालेलाई स्पष्टिकरण सोधेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

एमालेलाई सोधिएको स्पष्टिकरणमा भनिएको छ, “पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।”

पाँच दैनिक पत्रिकालाई स्पष्टिकरण
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित विज्ञापन प्रकाशन गरेको भन्दै पाँच दैनिक पत्रिकासँग पनि स्पष्टीकरण सोधेको छ । ‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’ र ‘राजधानी’ दैनिकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित त्यो पार्टीको चुनाव चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित गरेको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न ती दैनिक पत्रिकालाई निर्देशन दिएको छ ।

काठमाण्डौमा खिचिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज

काठमाण्डौँको बिभिन्न स्थानहरुमा छायाँकन गरिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज भएको छ । काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालको समेत अभिनय रहेको चलचित्रमा हलिउडकी ...