मोटरसाइकलको साइलेन्सरमा लुकाएको १० किलो सुनसहित एक पक्राउ

काठमाडौं मंसिर १७, १० किलो सुनसहित फूलमानसिंह तामाङ पक्राउ परेका छन् । तिब्बतबाट रसुवा हुँदै काठमाडौं तस्करी भइरहेको सुन महानगरीय प्रहरीको बालाजु वृत्तले बरामद गरेको हो ।

मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । बरामद सूनको मूल्य ४ करोड ७४ लाख रुपैयाँ ९५ हजार रुपैयाँ पर्छ ।

पोष्टबहादुर बोगटीलाई यसरी सम्झियो माओवादीले

३० भदौ, नुवाकोट । दुई वर्षअघि निधन भएका पुर्वमन्त्री एवं तत्कालिन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृतिमा आज नुवाकोटमा पनि एक कार्यक्रम गरिएको छ ...