नायक राजबल्लभ विवाह बन्धनमा बाधिँए

रसुवा मंसिर १८, नायक राजबल्लभ विवाह बन्धनमा बाधिएका छन । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको बिवाह सम्पन्न भएको छ ।

डिसेम्वर ३ तारिख आइतवारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेकी प्रेमिका प्रतिमा बिमलीसँग बिवाह भएको छ । प्रतिमा जीव चिकित्सा अभियन्ता (बायो मेडिकल इन्जिनियर) हुन ।

उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त, नातेदारसँग शुभचिन्तक, साहित्यकार, समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको शिलसिलामा अमेरिका पुगेका राजबल्लभ अहिले अमेरिकामै आइटीको काम गर्छन् । ‘पर्खि बसें’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेका राजबल्लभले पहिलो पहिलो माया, छोडी गए पाप लाग्ला, राघब लगायतका फिल्ममा काम गरेका राजबल्लभले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

काठमाडौंको मेयरमा किशोर र रञ्जुको उम्मेदवारी

१९ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहल पहल बढेकोे छ । विवेकशील पार्टीकी रञ्जु दर्शना ...