चुनावमा सुरक्षाका लागि सीमा नाका बन्द

नेपालगन्ज, मंसिर १९ – दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको सुरक्षालाई मध्यनजर गर्दै सोमबार राति १२ बजेदेखि नेपाल–भारत सीमाको जमुनाह नाका बन्द भएको छ । सोमबार राति १२ बजेदेखि बन्द भएको सीमा नाका मतदान सम्पन्न भएपछि मंसिर २१ गते बेलुकादेखि सञ्चालनमा आउने छ ।

चुनावमा सुरक्षालाई मध्यनजर गर्दै दुई देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकको निर्णय अनुसार सीमा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिनुभयोतामाङका अनुसार सीमा नाका बन्द भए पनि बिरामी बोक्ने एम्बुलेन्स, दमकल र सरकारी निकायको अनुमतिमा अन्य अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन पाउने छन् ।

नेपाल र भारतमा सीमा क्षेत्रमा चुनाव हुने भएमा सीमानाका मतदानको ४८ घण्टा अगाडि बन्द भई मतदान सम्पन्न भएपछि सीमा खुल्ला गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तामाङले चुनावका लागि आवश्यक सम्पूर्ण सुरक्षा तैनाथ भईसकेको जानकारी दिनुभयो । मतदानस्थलमा सुरक्षासहित निर्वाचन सामग्री पु¥याइएको बताउँदै तामाङले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो । बन्द भएको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ति समेत गरिरहेका छन् ।

४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा

काठमाडौं, मंसिर २० – निर्वाचन आयोगले बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले ...