दोस्रो चरणको चुनावका लागि आजदेखि ४५ जिल्लामा मतदाता परिचयपत्र वितरण हुँदै

काठमाडौं, मंसिर १९ – दोस्रो चरणको चुनावका लागि निर्वाचन आयोगले मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गर्दैछ । आयोगले बिहीबार हुने चुनावमा ४५ जिल्लाका झण्डै २२ लाख मतदातालाई परिचयपत्र वितरण गर्ने जनाएको छ ।

स्थानीय चुनावपछि थपिएका मतदाताको मात्र परिचय पत्र बनाइएको भन्दै आयोगले थपिएका र पहिला परिचय पत्र नलिएका मतदातालाई परिचय पत्र बुझ्न आग्रह गरेको छ । स्थानीय चुनावमा परिचय पत्र पाएकाहरुले त्यहि परिचय पत्र देखाएर भोट हाल्नु पर्ने छ ।

परिचयपत्र वितरण सँगै मतदातालाई भोट हाल्ने तरिका पनि सिकाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । मतदाताहरुले सम्बन्धित मतदान केन्द्र पुगेर परिचय पत्र लिन सक्ने छन् । परिचयपत्रसँगै मतदान गर्ने तरिका सिकाइने हुँदा सकेसम्म सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र लिन मतदान केन्द्र पुग्न आयोगले आग्रह गरेको छ । कुनै कारणवश व्यक्ति आफै परिचयपत्र लिन नपुगे परिवारका सदस्यले पनि लिन पाउनेछन् ।
यस्तै मतदाता नामावलीमा नाम भएका र मतदान गर्न योग्य व्यक्तिले मतदाता परिचय पत्र हराएको भए, परिचय खुल्ने सरकारी कागजात जस्तै लाईसेन्स, नागरिकता देखाएर पनि भोट हाल्न पाउनेछन् । प्रवक्ता ढकालका अनुसार सबै मंगलबार नै राजनीतिक दलहरुको समन्वयमा मतदान केन्द्र निर्माणको काम पनि थालिने छ ।

यस्तै आयोगले सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगेका जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधि सभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२० असोज-कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजदेखि सुरु हुने बैठकमा महाधिवेसनको मिति अनुमोदन गरिनेछ । बैठक सरकार गठनमा केन्द्रित हुनेछ । केन्द्रीय कार्यसमितिको ...